चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु

bidhyasundar shakya

काठमाडौं, ३ फागुन । काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ ।

काठमाडौंको वडा नम्ब–१५, स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन सुरु गरिएको हो । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

मेयर शाक्यले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्क लगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा यो पार्क निर्माण गर्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);