माओवादी उम्मेदवारको मोटरसाइकलबाट पेस्तोल बरामद | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौँ, २१ कार्तिक। गोरखामा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। मंगलबार सिम्खडाले चढेको बा७३प ३३८६ नम्बरको मोटरसाइलमा झुण्डाइएको झोलामा ९–एमएम पेस्तोल र तीन थान गोली भेटिएको प्रहरीले जानकारी दिएको हो।

भिमसेन गाउँपालिका–३, धावामा सवारी चेक गर्दा उक्त हतियार बरामद भएको हो। मोटरसाइकल चालक भिमसेन–४ कै गुणप्रसाद खनाल भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। उनले काठमाडौँ देखि नै उम्मेदवार बोकेर ल्याएको प्रहरीले जानकारी दिएका छन्।