ओलीकाे प्रश्न : बाम गठबन्धन हुँदा कोकोहोलो र रुवाबासी किन? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ओलीकाे प्रश्न : बाम गठबन्धन हुँदा कोकोहोलो र रुवाबासी किन?

काठमाडौं, २१ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी मिलेर निर्वाचनमा जाँदा किन कांग्रेसमा रुवाबासी र कोकोहालो पैदा भएको छ भन्दै प्रश्न गरेका छन् ।

पहिला पनि हामी मिलेर सरकार चलाएकै थियौँ । चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोकोहोला र रुवाबासी गर्नु पर्दैन ओलीले भने ।

ओलीले सांकेतिक रुपमा कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘बाम एकता हुँदा लोकतन्त्र खतरामा पर्छ भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ ?’

वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् । बाम गठनबन्धनले आज साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै ओलीले संयुक्त घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट पारेका छन् ।

‘लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर ल्याएको महत्वपूर्ण उपलब्धि हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा हो । हामी लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ ‘ओलीले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);