ओलीले आरजुलाई भने, 'एक झोला पैसाले घर किन्दैमा स्थानीय भइँदैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

धनगढी, ८ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाप्रति कटाक्ष गरेका छन् । शुक्रबार धनगढीमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले भने, ‘एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय हुन सक्दैन ।’

कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले आरजु राणालाई उम्मेदवार बनाएको छ । आरजु उम्मेदवार बनेसँगै उनलाई टुरिष्ट उम्मेदवारको आरोप लागेको थियो ।

यस्तो आरोप लागेपछि आरजु राणाले कैलालीमा घर नै खरिद गरेकी थिइन् । चुनावी प्रयोजनका लागि आरजुले घर खरिद गरेको प्रसंग जोड्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने, ‘काठमाडौंबाट कोही मान्छे पैसा झोलाभरी बोकेर आइ घर घरेडी किन्दैमा स्थानिय हुन सक्दैनन् ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);