प्रचण्ड र आरजुलाई ओलीको कटाक्ष- बजेट तिनको घरको सम्पत्ति हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्ड र आरजुलाई ओलीको कटाक्ष- बजेट तिनको घरको सम्पत्ति हो ?

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए ।

उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गरे । अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गरे । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेकाे सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);