कमल थापालाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

कमल थापालाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ८ मंसिर। निर्वाचन आचार संहिता विपरीत मौन अवधिमा चुनावी प्रसार गरेको भन्दै निर्वाचन आयोगले उपप्रधानमन्त्री एवंम् ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

२०७४ मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोग प्रवक्ता नवराज ढकालले जनाए ।

आयोगको स्पष्टिकरण माग पत्र
‘‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४र०५र१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड ९घ० को उपखण्ड ९१० विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन रु पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४र०८र०८ को निर्णयानुसार अनुरोध छ ।’’

नवराज ढकाल
सहसचिव एवं प्रवक्ता