भोट फकाउँदै नेता, हाम्रो भन्दा राम्रोलाई मत दिने सोचमा जनता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बैतडी, २१ कार्तिक। प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बैतडीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न गाँउ पसेका छन् । मतदाताहरु भने हाम्रो भन्दा राम्रो उम्मेदवारलाई मत दिने सोचमा छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदै छ । निर्वाचनको मिति जति नजिकिदै छ त्यतीनै चुनावी मोहोल तातेको छ । लोकतान्त्रीक गठबन्धनबाट कांग्रेस नेता नरबहादुर चन्द र वाम गठबन्धनबाट एमाले नेता दामोदर भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । रोचक त के छ भने चन्द बहालवाला वाणिज्य राज्यमन्त्री हुनुहुन्छ भने भण्डारी पूर्व अर्थ राज्यमन्त्री । तर मतदाता भने राम्रो भिजन भएको विकासबादी नेतालाई भोट दिने सोचमा छन् ।

गत संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट भण्डारी र क्षेत्र नम्बर २ बाट चन्द विजयी हुनुभएको थियो । अहिले एक क्षेत्र भएपछि कसले बाजी मार्ला भन्नेमा सबैको चासो छ । मतदान भनेको ठुलो दान भएकाले प्रलोभन डर धम्कीमा नपरि राम्रो उम्मेदवारलाई भोट दिनुपर्ने बुद्धिजीवीको तर्क छ ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्दा बमगठबन्धन बलियो देखिन्छ । स्थानीय तहको निर्वाचनमा एमालेले २७ हजार ३ सय ८९ मत पाएको थियो भने माओवादी केन्द्रले १८ हजार ७ सय १९ मत पाएको थियो । बाम गठबन्धनको मत ४६ हजार १ सय ८ हुन्छ । यस्तै नेपाली कांग्रेसले २७ हजार ८७ मत पाएको थियो भने राप्रपाले ६ हजार ४ सय ४ मत पाएको थियो ।

यो मत जोड्दा लोकतान्त्रिक गठबन्धनको ३३ हजार ४ सय ९१ मत हुन्छ । त्यसलै बैतडीमा कुन गठबन्धनले बाजी मार्ला भन्नेमा सबैको चासो छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);