उपत्यकामा कोरोना संक्रमण बढेपनि भीडभाड नघटेको भन्दै आजदेखि प्रशासनमार्फत अनुगमन गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकामा कोरोना संक्रमण बढेपनि भीडभाड नघटेको भन्दै आजदेखि प्रशासनमार्फत अनुगमन गरिने

काठमाडाैं । कोरोना संक्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएसँगै आजदेखि अनुगमनको काम सुरु हुने भएको हो । समितिले उपत्यकाका बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारीलाई प्राथमिकतामा राखेर अनुगमन गर्ने बताएको छ ।

मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छाैँ, तर अटेर गरेको पाइएमा कारबाही समेत गर्नसक्ने बताएको छ । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि बुधबार बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ ।

काठमाडाैं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार सकिँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);