बारामा भौत्तिक रूपमा कक्षा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा भौत्तिक रूपमा कक्षा सञ्चालन

बारा । बाराको कलैया उपमहानगरपालिकामा रहेका सबै तहका कक्षा सोमबार देखि सञ्चालनमा आएका छन् ।

उपमहानगरपालिकाका उपसचिव प्रह्लाद प्रसाद वर्णवालले आधारभूत तहका १ देखि ८ कक्षा मध्ये ४ देखि ८ र मावि तहका ९ देखि १२ सम्मको कक्षा विद्यार्थीहरूको भौत्तिक उपस्थितिमा पठन पाठन गर्न पाउँने निर्णय भएको हुँदा सोही अनुरूप सञ्चालन गर्न निर्देशन गरेका हुँन् ।

नगर कक्षा समितिको साउन १५ गते बसेको बैठकले यी कक्षाहरू भौत्तिक रूपमा विद्यार्थीहरू उपस्थित गराएर सञ्चालन गर्न निर्णय गरे अनुरूप उपमहानगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन गरिएको छ ।

विद्यालय सञ्चालन गर्दा कम्पाउन्ड, कक्षा कोठा, शौचालय, प्रयोगशाला विसङ्क्रमित गर्नु पर्ने, शिक्षक–विद्यार्थीहरूले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने, एउटा बेन्चमा एक जना मात्र राख्नु पर्ने र सो अनुरूप कक्षा सञ्चालनमा डेस्क–बेन्चको कमी नभएको खण्डमा सिफ्ट अनुसार कक्षा सञ्चालन गर्ने र घरमा भएका विद्यार्थीहरूको लागि टेलिफोन, अनलाइन, भिडियो कन्फ्रेन्स मार्फत अथवा विद्यार्थीहरूको घरमा गई सिकाइ सहजीकरण, गृहकार्य दिने निर्देशन गरिएको छ ।

यता बारा जिल्लामा सबै तहका विद्यालयहरू सञ्चालनमा आए पनि पर्सा जिल्लामा भने अहिले सम्म पनि विद्यालय सञ्चालन हुँन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);