खानेपानीको पाईप पहिरोले बगाउँदा पानीको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खानेपानीको पाईप पहिरोले बगाउँदा पानीको समस्या

बागलुङ, ८ असार । बागलुङ बजारमा खानेपानीको पाईप पहिरोले बगाउँदा पानीको समस्या भएको छ । अविरल बर्षाको कारण आएको पहिरोले ३ वटा मुहानको ६० मिटर पाईप बगाएको छ ।

पहिरोले भुदी खोला मुहानमा १५ मिटर, दोविल्लामा २५ मिटर, रेशमा १५ मिटर तथा अन्य ठाउमा करिब २० मिटर पाईप बगाएपछि बजार क्षेत्र भित्र दुई दिनदेखि खानेपानी बितरण ठप्प भएको छ ।

सदरमुकामको पानीका पाईप बिभिन्न स्थानमा बगाएकोले मर्मत गर्न केही समय लाग्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्राविधिक दिपक शर्माले जानकारी दिनुभयो ।

मर्मतकार्यमा समेत अविरल बर्षाले अबरोध पु¥याएको कारण काम गर्न कठिनाई भईरहेको शर्माले बताउनुभयो । निरन्तर बर्षा भईरहे पनि मर्मतको कार्य जारी राखिएको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउने अझ केही दिन लाग्ने उहाँको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);