जापानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

जापानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का

earthquake

एजेन्सी , २६ चैत । पश्चिमी जापानमा सोमबार ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बिहान १ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी चार जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको केन्द्र ३५ दशमलव २ डिग्री उत्तरी अक्षांश र १ सय ३२ दशमलव ७ डिग्री पूर्वी देशान्तरमा रहेको जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले जनाएको छ । भूकम्पका कारण टोक्यो शहरको कतिपय स्थानमा विजुली आपूर्तिमा समस्या आएको छ । भूकम्पका कारण शहरी क्षेत्रका केही स्थानमा सडक चिरा परेको छ ।

ताजा समाचार