जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प

एजेन्सी, ७ चैत। जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार महसुस गरिएका सो कम्पनपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ ।

भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);