अमेरिकाको हवाई राज्यमा ज्वालामुखी विष्फोटपछि ६.९ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाको हवाई राज्यमा ज्वालामुखी विष्फोटपछि ६.९ म्याग्निच्युडको भूकम्प

बस्तीभित्रै ज्वालमुखी विष्फोट, १५ सय स्थानीयलाई सुरक्षित स्थानमा सारियो –

एजेन्सी, २२ वैशाख । अमेरिकाको हवाई राज्यस्थित टापुमा ज्वालामुखी विष्फोटपछि ६ दशमलव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण केहि घरहरुमा क्षति पुग्नुका साथै सडक चर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो १२ बजेर ३३ मिनेटमा हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले जनाएको छ ।

यसअघि सन् १९७५ मा सोहि स्थानलाई केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । ज्वालामुखी सक्रिय क्षेत्र मानिने किलाउइयालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकोले दिनभरजसो नै सो क्षेत्रमा ज्वालामुखी फुटेर लाभा निस्किएको थियो ।

बस्ती, सडक तथा जंगलल गायतका क्षेत्रमा पनि जमिन चिरिएर लाभा तथा सल्फरडाइअक्साइड ग्यास बाहिर निस्किएको छ । ग्यास तथा लाभाबाट असुरक्षित हुने भन्दै स्थानीय प्रशासनले सो स्थानबाट करिब १५ सय स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ ।

भूकम्पपछि सो क्षेत्रमा ठूलो सुनामी आउने कुनै पनि खतरा नरहेको प्रशान्त महासागरस्थित सुनामी सुचना केन्द्रले जनाएको छ । हवाईस्थित विद्युत वितरण केन्द्रकी प्रवक्ता रेया लि मोकोका अनुसार प्रशारण लाइनमा समस्या देखिएकोले करिब १४ हजार नागरिक विद्युत सेवाबाट वञ्चित हुनुपरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);