इन्डोनेसियाका सुरक्षामन्त्री विरान्तोमाथि छुरा प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इन्डोनेसियाका सुरक्षामन्त्री विरान्तोमाथि छुरा प्रहार

indonesia

एजेन्सी, २४ असोज । इन्डोनेसियाका सुरक्षामन्त्री विरान्तोमाथि छुरा प्रहार भएको छ । आतंकवादी संगठन इस्लामिक स्टेट सञ्जालमा आवद्ध दुई व्यक्तिले सुरक्षामन्त्री विान्तोमाथि छुरा प्रहार गरेको इन्डोनेसियाको गुप्तचर निकायलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा आपत्कालीन उपचार गरिएको छ । स्थानीय टेलिभिजनले विरान्तोमाथी आक्रमण भएको जाभा द्वीपको पान्डेग्लाङमा दुईजनालाई पक्राउ गरेको जनाएका छन् । पक्राउ पर्नेमा विवाहित जोडी स्याहरिल अलाम्साह र फित्री एन्ड्रीयाना रहेका छन् ।

उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह जेएडीका सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताए। इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । उनले आतंकवाद र कट्टरपन्थी विचारधारा विरुद्ध सबै एकजुट हुनु पर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);