नोबेल पुरस्कार ओल्गा र पिटर हान्डकलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नोबेल पुरस्कार ओल्गा र पिटर हान्डकलाई

NOBEl

एजेन्सी, २४ असोज । पोल्यान्ड र अस्ट्रियाका साहित्यकारलाई सन् २०१८ र १९ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको छ । बिहीबार गरिएको घोषणाअनुसार सन् २०१८ का लागि पोल्यान्डकी लेखिका ओल्गा टोकारजुक र २०१९ का लागि अस्ट्रियाली लेखक पिटर हान्डकेलाई साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।NOBEl2

एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा पुरस्कारको घोषणा गरेका हुन् । ७६ वर्षीया अस्ट्रियाली लेखकलाई ‘मानव अनुभवको विशिष्टता र परिधिको अन्वेषणका लागि विशेष योगदान पु¥याएका कारण’ हान्डेकलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिले जनाएको छ । उनी सन् १९६६ को युगोस्लाभ युद्धमा सर्वहरूको पक्ष लिएपछि तथा सन् २००६ मा सर्व नेता स्लोबोदान मिलोसेभिकको अन्त्येष्टिका क्रममा राखेको धारणाका कारण निकै विवादितसमेत भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);