यस वर्ष साहित्यको नोबेल पुरस्कार नदिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यस वर्ष साहित्यको नोबेल पुरस्कार नदिइने

nobel prize

एजेन्सी, २२ बैसाख । यौनहिंसासम्बन्धी आरोपका कारण उत्पन्न विवादपछि नोबेल पुरस्कार कमिटीले यस वर्षको नोबेल साहित्य पुरस्कार घोषणा नगर्ने जनाएको छ ।

नोबेल पुरस्कार प्रतिष्ठान हालैका दिनमा आफ्ना एक सदस्यको श्रीमान्विरुद्धका यौंनहिंसाको आरोपका कारण संकटमा परेको हो । प्रतिष्ठानका स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सन् २०१९ मा दुवै पुरस्कार एकै पटक घोषणा गरिने बताए ।

सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारबारेको यो काण्ड हालसम्मकै ठूलो भएको बीबीसीले जनाएको छ । यसअघि युद्धका ६ वर्षबाहेक सन् १९३५ मा मात्रै पुरस्कार प्रदान गरिएको थिएन । ‘हामीले पुरस्कार छनोटमा जनमानसको आत्मविश्वास पुन: प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व थप समय समर्पित भएर लाग्नुपर्ने देखिएकाले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौं,’ ओल्सनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);