वीर अस्पताल गुणस्तरीय कर्मचारी चिकित्सा सेवाका कारण सर्वसाधारणको आकर्षणको केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

वीर अस्पताल गुणस्तरीय कर्मचारी चिकित्सा सेवाका कारण सर्वसाधारणको आकर्षणको केन्द्र

bir hospital

काठमाडौं, ७ भदौ । मुलुककै जेठो वीर अस्पतालमा सस्तो मुल्य गुणस्तरीय कर्मचारी चिकित्सा सेवाका कारण पछिल्लो समय सर्वसाधारणको आकर्षणको केन्द्र बनिरहेको छ ।

त्यहि आकर्षका कारण पछिल्ला वर्षहरुमा विरामीको संख्या बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७४/७५मा मात्रै चार लाख १ हजार बिरामीले वीर अस्पतालको उपचार सेवा लिएका छन् । मुलुककै जेठो र ठुलो वीर अस्पताल आधुनिक प्रविधि तर्फ उन्मुख भएको छ । कमजोर व्यवस्थापनका कारण लामो समयसम्म स्वास्थ्य सेवा प्रंभावविहिन जस्तो बनेको अस्पतालका लागि सरकारले पछिल्लो वर्षहरुमा अत्याधुनिक सेवा विस्तार गर्न बजेट विनियोजन गरेपछि अस्पताल नयाँ प्रविधितर्फ लागेको हो ।

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका लागि एक अर्बभन्दा बढी बजेट दिएपछि अस्पतालले नयाँ र आधुनिक उपकरण भित्र्याउनुका साथै नयाँ दरबन्दीसमेत थपेको थियो । विज्ञ जनशक्ति र गुणस्तरीय सेवा सुरु भएपछि सेवलिने बिरामीको सङ्ख्यापनि ह्वात्तै बढेको हो । त्यही कारण आर्थिक वर्ष २०७१/७२ मा २ लाख ८७ हजार विरामीले सेवा लिएकोमा त्यो संख्या २०७४/७५ मा बढेर ४ लाख १ हजार पुगेको छ । वीर अस्पतालमा उपचार गर्न आउने कुनै पनि विरामीले त्यसै फर्कनु नपरोस भन्ने अभियानमा लागेको अस्पचालका पदाधिकारी बताउछन् ।

त्यही कारण अस्पतालले सकेसम्म सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो सम्पूर्ण तागत लगाइरहेको छ । वीर अस्पतालले अहिले सामान्यदेखि गम्भीर प्रकारका रोगको उपचार गर्दै आएको छ भने एकसय २९ वर्षे इतिहासमा डेढ वर्ष अघिदेखि मात्र फार्मेसी सञ्चालन गरेको छ । फार्मेसीबाट बिरामीले ५० देखि ७५ प्रतिशतसम्म सहुलियतमा पाइरहेका छन् भने त्यति गर्दा समेत फार्मेसीले मासिक एक अर्बभन्दा बढीको आम्दानी गरिरहेको छ ।

पछिल्लो समयमा अस्पतालले आफ्नो सेवा सुधार र सरसफाई गर्नुका साथै सस्तो मुल्यमा गुणस्तरीय सेवा दिएकोले वीर अस्पताल आफ्नो रोजाइएमा परेको सर्वसाधारण बताउछन् । वीर अस्पतालले हाल ४ सय ६० शैयामार्फत सेवा दिइरहेको छ । मुल भवनको पश्चिमतर्फ जाइकाद्धारा एकसय शैयाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सेवा विस्तारकै लागि स्टाफ क्वाटर तथा नर्सिङ क्याम्पस रहेको १७ रोपनी जग्गामा अत्याधुनिक सर्जिकल भवन निर्माणाधीन छ भने अस्पतालको इतिहासमै मेगा प्रोजेक्टको रुपमा भक्तपुरको दुवाकोटमा भवन निर्माण गरी सेवा विस्तार गरिदै छ ।

ट्रमा सेन्टर सञ्चालनपछि त अस्पतालमा सर्वसाधारणको आकर्षण झन बढेको छ । तर, अस्पतालको वर्तमान संरचनाको सिमितताका कारण थपिएका विरामीलाई सेवा दिनु अस्पतालका लागि चुनौति बनिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);