मुलुककै जेठो वीर अस्पताल १२९ औं वर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुककै जेठो वीर अस्पताल १२९ औं वर्षमा

bir hospital

काठमाडौं, १२ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल स्थापनाको १२८ वर्ष पुरा भएको छ । मुलुककै जेठो अस्पताल आजबाट १२९ औं वर्षमा प्रवेश गरेको हो ।

सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठ र ठूलो अस्पताल हो । विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि थप्दै लगेको छ । ६ सय शैयाको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।

वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ । इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको स्थापना दिवसका अवसरमा अस्पतालले जनाएको छ ।

वीर अस्पतालले यो वर्ष चार लाख एक हजार दुई सय नौ जनालाई उपचार गराएको जनाएको छ । स्थापना दिवसको अवसर पारेर अस्पतालले आज विशेष समारोहको आयोजना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);