कोरोना बिरुद्धको मोडर्ना खोपलाई पनि प्रयोगको अनुमति दिने पक्षमा स्वास्थ्य विज्ञको मतदान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कोरोना बिरुद्धको मोडर्ना खोपलाई पनि प्रयोगको अनुमति दिने पक्षमा स्वास्थ्य विज्ञको मतदान

एजेन्सी, ३ पुष । अमेरिकामा कोरोना बिरुद्धको मोडर्ना खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिन स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । अमेरिकी बिज्ञहरुको समुहले खोपको पक्षमा मतदान गर्दै प्रयोगका लागि अनुमति दिन सुझाव दिएका हुन ।

मोडर्ना खोप ९४ प्रतिशत प्रभावकारी रहेको र यसले १८ बर्ष माथिका व्यक्तिलाई हानी गर्ने खतरा न्यून रहेको भन्दै उपस्थित सबै २० विज्ञले त्यसको पक्षमा मतदान गरेका हुन् । १ जना भने अनुपस्थित भएका जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधी विभाग एफडिएले विज्ञहरुको सुझावलाई पछ्याउने अपेक्षा गरिएको छ ।योसंगै अमेरिकामा मोडर्ना खोप आगामी साताबाट प्रयोगमा आउनसक्ने अनुमान गरिएको छ ।

सोही विज्ञहरुको समुहले फाइजर खोप प्रयोगको अनुमति दिन पनि गत साता एफडिएलाई सुझाव दिएको थियो । अमेरिकामा फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप हाल प्रयोगमा छ ।

मोडर्नाले अनुमति पाएसँगै २० करोड डोज किन्ने अमेरकाले सहमति गरिसकेको छ । उक्त खोप माइनस २० डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्नेछ । हाल प्रयोगमा आएको फाइजर खोपलाई माइनस ७५ डिग्रि सेल्सियस तापक्रम अवश्यक पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);