सिनोभ्याकको कोरोना खोपलाई औषधी व्यवस्था विभागद्वारा आपतकालीन प्रयोगको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिनोभ्याकको कोरोना खोपलाई औषधी व्यवस्था विभागद्वारा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । सिनोभ्याकको कोरोना खोपलाई औषधी व्यवस्था विभागले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

शुक्रबार विभागले विज्ञप्ति जारी गर्दै चिनियाँ औषधी निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरको ‘कोरोनाभ्याक’ नामको कोरोना खोपलाई आपतकालीन अनुमति दिईएको उल्लेख छ । उक्त खोप आयातका लागि बायोमेट्रिक्स प्रालीले आवदेन दिएको विज्ञप्तीमा उल्लेख छ ।

विभागले यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति प्रदान गरिसकेको छ । डब्लूएचओले उक्त खोप १८ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई लगाउन सिफारिस गरेको छ । दुईदेखि चार हप्ताको बीचमा उक्त खोपको दुई मात्रा लगाउनुपर्ने छ ।

कोरोनाभ्याक खोप लगाएका ५१ प्रतिशतमा संक्रमण हुन नदिने र शतप्रतिशतलाई अस्पताल भर्ना हुने अवस्थाबाट रोकेको बताइएको छ । यो खोप डब्लूएचओबाट अनुमति पाउने दोस्रो चिनियाँ कोरोना खोप हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);