७ प्रकारका दिर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७ प्रकारका दिर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकता

काठमाडाैं, २० माघ । सरकारले ७ प्रकारका दिर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।

मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी, कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ ।

मन्त्रालयले यसअघि बनाएको योजनाअनुसार दोस्रो प्राथमिकतामा पर्ने समूह कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार, २ सय ६९ जना रहेको अनुमानित तथ्यांक छ । उनीहरूका लागि मात्रै १ करोड ४ लाख ४३ हजार १ सय ८५ डोज खोप आवश्यक पर्छ । तर नेपालले कहाँबाट कति खोप खरिद गरेर ल्याउँछ भन्ने टुंगो भने भइसकेको छैन ।

‘सुविधा पर्खिने, कम्पनीले दिने मूल्यमा लिने वा सहुलियतका लागि पहल आदि के गर्दा सहज हुन्छ त्यही गर्नेमा सरकारले नीति प्रस्ट पारिसकेको छ । चीन सरकारले आइतबार नेपाललाई १ लाख ५० हजार जनालाई पुग्ने गरी तीन लाख मात्रा खोप सहयोग गर्ने जनाएको थियो । चिनियाँ सरकारी कम्पनी ‘सिनोफार्म’ ले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति दिइसकेको छैन ।

भारतबाट सहयोगमा भित्रिएको १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप अहिले लगाउने काम भइरहेको छ, जुन खोपलाई विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);