फाइजर र बायोनटेकले बनाएको खोप प्रयोग गर्न डब्ल्यूएचओको अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फाइजर र बायोनटेकले बनाएको खोप प्रयोग गर्न डब्ल्यूएचओको अनुमति

एजेन्सी, १७ पुष । अमेरिकाको फाइजर र जर्मनीको बायोनटेकले बनाएको कोरोेना विरुद्धको खोप विश्व स्वास्थ संगठन डब्ल्यूएचओबाट स्विकृति पाउने पहिलो खोप भएको छ । डब्ल्यूएचओले फाइजर र बायोनटेकको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको जनाएको छ ।

डब्ल्यूएचओबाट प्रयोगका लागि अनुमति पाएसंगै उक्त खोप अब विश्वभरका देशहरुमा आयात र वितरणका लागि ढोका खुलेको छ । यसअघि नै बेलायत, अमेरिका, क्यानेडा, युरोपेली युनियनलगायत विभिन्न देशहरुले यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेका छन् ।

यी देशहरुमा खोप लगाउने काम समेत भइरहेको छ । डब्ल्यूएचओले कोरोना भाइरस खोपको विश्वभर पँहुच सुनिश्चित गर्न यो अनुमति निकै उपयोगी पहल हुन विश्वास व्यक्त गरेको छ। डब्ल्युएचओले संसारभरका विशेषज्ञहरुसँग खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तरका आँकडाबारे समिक्षा गरिएको जनाएको छ ।

समिक्षाका दौरान यो खोप सुरक्षित र प्रभावकारी रहेको डब्ल्युएचओको ठहर छ । रुसको स्पुतनिक पाँचौ, बेलायतको अक्सफोर्ड–एस्ट्रेजेनेका, अमेरिकाको मोडर्ना र चीनको सिनोफार्मे लगायत कम्पनीका खोपलाई विभिन्न देशले आपतकालिन प्रयोगको अनुमति दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);