काठमाडौं ​महानगरको खोप कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं ​महानगरको खोप कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगित हुनपुगेको हो ।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जाी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशै भरी ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

‘‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ’’ जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको कुँवरको भनाई छ ।

कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबार देखि पाँच दिन सम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

महानगरले बिहीबार सम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);