Our Network

साउन १७ २०७८, आइतबार

सातशक्ति राष्ट्र देशहरूको समूहजी सेभेनले चीनको बेल्ट र रोड पहलको विकल्प ल्याउने

एजेन्सी । सात देशहरूको समूहजी सेभेनले चीनको बेल्ट र रोड पहलको विकल्प ल्याउने योजना बनाएका छन् । जुन १३ देखि शुरु हुने शिखर सम्मेलनमा यस विषयमा चर्चा हुने बताइएको छ । क्लीनग्रीन इनिसिएटिभ नाम दिइएको नयाँ रणनीतिले दिगो विकास र विकासशील देशहरूमा हरित ट्रान्जिसनमा सहयोग पु¥याउनेछ ।

रचीनको बेल्ट एन्ड रोडको विकल्पको रुपमा यसलाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ । चीनको पूर्वाधार रणनीतिलाई प्रतिस्पर्धा गर्न जीसेभेन समर्थित योजनालाई शुरुमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले धक्का दिएका थिए ।

जर्मनी, फ्रान्स र इटली अफ्रिकाका गतिविधिहरूलाई समर्थन गर्न यसको लागि उत्सुक छन् । जापानले भने इण्डो प्रशान्त क्षेत्रमा अझ बढी ध्यान केन्द्रित गर्न तर्क गरेको छ । जिसेभेन बैठक इंग्ल्यान्डको कर्नवालमा हुँदैछ ।

Leave a Reply