दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीको सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीको सम्बोधन

rastrapati

काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् ।

चीनको राजधानी बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल–चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवद्र्धन गर्ने उल्लेख गरिन् । उनले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको समेत उल्लेख गरिन् । लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको बताईन् ।

राष्ट्रपति भण्डारीले विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको समेत बताईन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र वेल्ट एण्ड र रोड फोरम सक्षम हुने विश्वास व्यक्त गरिन् ।