चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

rastrapati bhandari swadesh firta

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी बिहीबार नेपाल फर्कने तालिका रहेपनि अस्वस्थ महसुश गरेपछि बुधबार नै स्वदेश फर्कनुभएको हो ।

चीनको राजधानी बेइजिङमा आयोजित बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिई त्यहाँको महत्वपूर्ण भेटवार्ता पूरा गरी ल्हासा आउने क्रममा ‘हाई अल्टिच्यूड’का कारण स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी निर्धारित समय भन्दा एक दिन अघि नै स्वदेश फर्कनु भएको हो ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यस अवसरमा उहाँको सम्मानमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी बैशाख ११ गते बुधबार चीनको राजकीय भ्रमणमा जानु भएको थियो । चीनको राजकीय भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले पारबहन सम्झौंताको प्रोटोकलमा हस्ताक्षर समेत गर्नु भएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका समकक्षी सीजिन पिङसँग महत्वपूर्ण भेटवार्ता पनि गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);