Our Network

वैशाख २४ २०७८, शुक्रबार

क्युबाको कम्युनिष्ट पार्टीकाे नेता राउल क्यास्ट्रोद्वारा राजीनामाको घोषणा

एजेन्सी । क्युबाको सत्तारुढ कम्युनिष्ट पार्टीका नेता राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् ।

८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेस पदबाट राजीनामाको घोषणा गरेकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

क्यास्ट्रोले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएको छ । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका हुन्।

योसँगै क्युबामा क्यास्ट्रो परिवारको विगत ६ दशकदेखिको सत्ता नेतृत्व अन्त्य हुने भएको छ । नयाँ नेतृत्वको चयन चार दिने कंग्रेसको अन्तिम दिन मतदानबाट हुने बताइएको छ ।

योसँगै उनकाे र उनका दाइ फिडेल क्यास्ट्रोको औपचारिक नेतृत्वको लहर अन्त्य हुने अपेक्षा छ । सन् १९ सय ५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा रहँदै आएको छ ।

सन् २०१८ मा राष्ट्रपति बनेका मिगुएल डिआस–कनेल क्युबन कम्युनिष्ट पार्टीको नेता चयन हुने अपेक्षा छ । यससँगै सन् १९५९ पछि पहिलोपटक क्यास्ट्रो परिवार भन्दा बाहिरकाले क्युवाको नेतृत्व गर्ने छन् ।

Leave a Reply