आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको ६१ वर्षकाे उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको ६१ वर्षकाे उमेरमा निधन

एजेन्सी, २५ असार ।  आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ वर्षकाे निधन भएको छ । मन्त्रीपरिषद् बैठक आब्हन गरेर सम्बोधन गर्दै गर्दा अचानक छातीमा समस्या देखिएपछि अस्पताल पुर्याइएका उहाँको उपचारकै क्रममा निधन भएको हो ।

उहाँ यसअघि फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्कनु भएको थियो । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

यसैबीच, आइभरीकोष्टका राष्ट्रपति एलासानी ओटाराले प्रधानन्त्री कोलाबालीको निधनले देश शोकमा रहेको बताउनु भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);