कोरोना नियन्त्रणमा सक्रियता बढाउन डब्‍ल्‍यूएचओको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना नियन्त्रणमा सक्रियता बढाउन डब्‍ल्‍यूएचओको सुझाव

WHOL

काठमाडौं, ३० जेठ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिनुभएको छ । डाक्टर भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा शुक्रवार डाक्टर भ्याण्डिलेरले यस्तो बताउनु भएको हो ।

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउँदै उहाँले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);