एकैदिन ४ सय ४८ जनामा संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एकैदिन ४ सय ४८ जनामा संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

corona update

काठमाडौं, ३० जेठ ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ६२ पुगेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ४ सय ४८ जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ । हाल देशैभरी गरेर १ लाख ५८ हजार ५० जना क्वारेन्टीनमा रहेका छन् । ४ हजार १ सय ६९ जना आइसोलेसनमा उपचाररत रहेका छन् । कूल संक्रमितमध्ये ८ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);