भारतमा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसी लाई ८ बुँदे सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भारतमा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसी लाई ८ बुँदे सुझाव

काठमाडौं, १३ चैत। पछिल्लो समय छिमेकि भारत लगायत अन्य युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमण बढेपछि नेपालमा पनि सतर्कताका लागि प्रयास भइरहेको छ ।

भारत लागायत अन्य मुलुकमा संक्रमण बढेकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाइ मन्त्रालयले ८ बुँदे सुझाव दिएको छ ।

विशेषगरी तराईका जिल्लाका सीमा नाकाबाट र आन्तरिक वा अन्तर्राष्ट्रिय आवागमन स्थलमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने लगायत मन्त्रालयको सुझाव छ ।

मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर घटाउने सुझाव दिएको छ । यसअघि पनि सिमानाकामा ध्यान नदिदा जोखिम बढेको उदाहरण छ ।

संक्रमण भेटिइरहेको बेला सरकारले महामारी नियन्त्रणको अभ्यासमा खासै ध्यान नदिनु र आम नागरिकले पनि बेवास्ता गर्दा जोखिम बढेको चिकित्सकको भनाई छ।

बढ्दो संक्रमणसँगै महामारी नियन्त्रणमा अझै सक्रिय भएर लाग्नुको विकल्प छैन । संक्रमण बढेकाले सरकारले फेरि परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई जोड दिनुपर्ने देखिन्छ ।

फेरि एक पटक पहिलेकै अवस्थामा फर्केर गल्तीबाट पाठ सिक्दै राज्य र नागरिकले समयमै सचेत हुन आबश्यक छ । क्यामेरामा प्रदिप घलानका साथमा अप्सरा गौतम काठमाडौ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);