बाँकेमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाँकेमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

बाँके, १३ चैत । बाँकेमा साढे पाँच लाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार यही चैत २० गतेदेखि सुरु हुने यो अभियानमा ५ लाख ७६ हजार ७६ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको छ ।

६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रम भएपनि बाँकेका बासिन्दाहरुले औषधि नखाइदिँदा यो अभियान लम्बिएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । २०६७ सालदेखि संचालमा रहेको यो अभियान ११ औं पटक हो । यो अभियानमा ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेविका खटिने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);