पहिलो दिन बाँकेमा हात्तीपाईलेको औषधी खानेको उत्साहजनक सहभागिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिलो दिन बाँकेमा हात्तीपाईलेको औषधी खानेको उत्साहजनक सहभागिता

क्षेत्रनाथ देबकोटा
बाँके, चैत ५ गते । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने

पहिलो दिन बाँकेमा हात्तीपाईलेको औषधी खानेको उत्साहजनक सहभागिता

 

 

क्षेत्रनाथ देबकोटा बाँके, चैत ५ गते । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पहिलो दिन शनिबार बाँकेमा उत्साहजनक सहभागिता देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जिल्लाका १ लाख १२ हजार २८६ घरधुरीका ५ लाख २३ हजार ९८ जनालाई हात्तीपाईले विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत खिम बहादुर खडकाका अनुसार हात्तीपाईले अभियान कार्यक्रममा ३ सय ४६ जना स्वास्थ्यकर्मी, २ हजार ३ सय ३ जना स्वयंसेवक र ३ वटा आरआरटी परिचालन गरिएको छ । शनिबार बुथमा तथा ६ र ७ गते घरघरमा गएर औषधि खुवाईने भएको छ । बाँके जिल्लामा अभियान संचालन हुनु भन्दा अगावै गरिएको सर्वेक्षणमा २० दशमलव ८ प्रतिशत हात्तीपाईलेको संक्रमण देखिएकोमा ६ पटक अभियान संचालन पश्चात गरिएको सर्वेक्षणमा १६ प्रतिशतमा संक्रमण देखिएकोले थोरै उपलब्धि मात्र हासिल भएको जनस्वास्थ्यले जनाएको छ ।

 

वरिष्ठ जनस्वास्थ्य अधिकृत खडका भन्नुभयो यो हाम्रा लागि ठुलो चुनौती छ, यसमा बाँकेवासी हामी सबै लाग्नुपर्ने आवश्यकता छ । उहाँले औषधि खाएपछि कसैकसैलाई सामान्य रुपमा असर गर्न सक्ने बताउदै भन्नुभयो रिंगटा लाग्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छ तर यसले हानी पु¥याउदैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);