बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

क्षेत्रनाथ देबकोटा बाँके, चैत्र ४ गते । बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । भोलि देखि खुवाउने हात्तिपाइले रोगको औषधी ६ र ७ गते सर्वसाधारणको घरमै गएर खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पत्रकारहरुसंगको अन्तरक्रिया

बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

क्षेत्रनाथ देबकोटा बाँके, चैत्र ४ गते । बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । भोलि देखि खुवाउने हात्तिपाइले रोगको औषधी ६ र ७ गते सर्वसाधारणको घरमै गएर खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७३ बारे जानकारी दिएको हो । जिल्लामा २ वर्ष माथिका व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्काले जानकारी गराउनुभयो ।

उक्त औषधी खुवाउनकालागि जिल्लाभरीका स्वास्थ्यकर्मी, स्वायमसेवक परिचालन गरिएको उहाँले बताउनुभयो । २०६७ सालदेखि बाँकेमा निरन्तर खुवाउन थालेको औषधी अहिले निरन्तर खुवाईरहेको र कम हुदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यक्रमलाई सफल पार्नकालागि आ–आफ्नो स्थानबाट सहयोग गर्न जनस्वास्थ्य प्रमुख खड्काले आम जिल्लावासीसँग आग्रह गर्नुभएको छ ।

 

५ गते नजिकैको स्वास्थ्य चौकी विद्यालयमा हात्तीपाइले रोग विरुद्ध औषधी खुवाईने र ६ र ७ गते सर्वसाधारणको घरघरमा गई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाईने जनस्वास्थ्य कार्यालय बाकेले जनाएको छ । बाँकेमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन स्वास्थ्यकर्मी ३ सय ४६ जना, स्वायमसेवक २हजार ३ सय ३ जना र आरआरटी ३ जना खटाउने जिल्ला जनस्वास्थ्य बाँकेले जनाएको छ । कुल १ लाख १२ हजार २ सय ८६ घरसंख्याका कुल ५ लाख ६१ हजार ४ सय ३० जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खड्काले बताउनुभयो ।

 

नेपालगन्ज नगरपालिकामा ६९ बुथ र गाविसहरुमा ८ सय ५८ बुथसंख्या रहने जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । २ बर्ष मुनीका तथा गर्भवती र कुनैपनि औषधी सेवन गरेका व्यक्ती वाहेक सवैले निर्धक्क रुपमा औषधी सेवन गर्न सकिने जिल्ला जनस्वास्थ्य बाँकेका परिवार नियोजन सुपरभाइजर अधिकृत बसन्त गैरेले जानकारी गराउनुभयो ६१ जिल्लामा हात्ति पाईले महामारी रुपमा रेहको छ जसमध्ये बाके तेसरुो स्थानमा पर्दछ ।

Leave a Reply