इलाम, १३ फागुन । इलाममा २ लाख ५० हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार दुई वर्षदेखि ७० वर्ष उमेर समूहकालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने छ ।
इलामका १० वटा स्थानीय तहबाट औषधि खुवाइने छ । गतवर्ष ८९ प्रतिशतले औषधी खाएका थिए । सरकारले हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य सहित हरेक वर्ष औषधी खुवाउँदै आएको छ । शनिबाट सुरु भएको अभियान सोमबारसम्म चल्ने छ ।




