९ लाख भन्दा बढीलाई एकैपटक हात्तीपाइलेविरुद्धको औषधी खुवाईने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

९ लाख भन्दा बढीलाई एकैपटक हात्तीपाइलेविरुद्धको औषधी खुवाईने

hattipaile

झापा, १५ माघ । झापामा हात्तीपाइले रोग निवारणका लागि यहि माघ २५ गतेदेखि फागुन ५ गतेसम्म औषधी खुवाइने भएको छ ।

औषधि खुवाउनका लागि जिल्लाभर ६ सय ३१ जना स्वास्थ्य स्वयमसेविका, र ४ सय १६ जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाका ९ लाख २० हजार ८ सय ९५ जनालाई एकैपटक औषधी खुवाउने तयारी स्वास्थ्य कार्यालयको छ ।

७० वर्ष भन्दा माथिका, २ वर्षभन्दा मुनिका र गर्भवती महिला तथा सात दिने सुत्केरीले यो औषधि सेवन गर्न नहुने स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लगाईले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);