'ट्राफिक सचेतना कार्यक्रम अभियानकै रुपमा संचालन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘ट्राफिक सचेतना कार्यक्रम अभियानकै रुपमा संचालन’

traffic bara

बारा, १५ माघ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले ट्राफिक सचेतना कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेको छ । देश भरीमै सवारी दुर्घटनामा प्रदेश नम्बर २ पहिलो नम्बरमा रहेकोले भएकोले यसलाई न्युनिकरण गर्न प्रदेश ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरेको हो ।

अभियानको पहिलो दिन ट्राफिक प्रहरीले बाराको अमलेखगंजमा यातायात ब्यवसायीलाई, पथलैयामा चालकलाई र जीतपुरमा सवारी चलाउने सर्वसाधारणलाई चेतना बढाउने उद्धेश्यले सचेतना मुलक घुम्ती कार्यक्रम सञ्चालन शुरु गरेको छ । बाराबाट शुरु भएको यस अभियानलाई प्रदेश २ का सबै जिल्लामा आयोजना गरिने ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरीले प्रदेश नं.२ मा आर्थिक वर्ष ०७५/७६ मा सवारी दुर्घटनाबाट ४ सय ९६ जनाको मृत्यु भएको र यस वर्षपनि सोही अनुपातमा मृतकको संख्या बढ्दै गएपछि न्युनिकरण गर्न सबैको साथ र सहयोगका लागि अनुरोध गरेको छ ।

traffic bara1

traffic bara2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);