भिटामिन–ए र जुकाको औषधी खान छुटेका बालबालिकालाई आइतबार पनि खुवाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भिटामिन–ए र जुकाको औषधी खान छुटेका बालबालिकालाई आइतबार पनि खुवाइने

Vitamine-A-capsul

काठमाडौं, २ कात्तिक । शनिबार देशभर ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन–ए र जुकाको औषधी खुवाइएको छ । मुलुकभर २७ लाख बालबालिकालाई भिटामिन–ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाउने सरकारको लक्ष्य छ । शनिबार खान छुटेका बालबालिकालाई भने आइतबार पनि खुवाइने छ ।

सरकारले मुलुकभर ६ महिनादेखि पाँच बर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन–ए र एक बर्षदेखि ५ बर्ष मुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल खुवाइरहेको छ । साथमा सरकारले बालबालिकाको पोषणको अवस्था हेरेर बालभिटा समेत वितरण गरेको छ । २७ लाख बालबालिकालाई भिटामिन खुवाउनुका साथै पाखुराको नाप्ने काम समेत गरिरहेको हो ।

बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने पनि गरिन्छ । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषण आहारका बारेमा स्वास्थ्यकर्मीले जानकारी समेत दिने गरेका छन । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । पछिल्लो समय जुकाको औषधि तथा भिटामिनको अभावमा बालबालिकाहरुमा विभिन्न समस्या देखिने भएकाले भिटामिन तथा जुकाको औषधि अनिवार्य खुवाउनैपर्नै स्वास्थयकर्मी बताउछन् ।

भिटामिन–ए को कमीले बालबालिकामा रतन्धो, स्वासप्रश्वास र पाचन प्रक्रियामा समस्या देखा पर्ने भएकाले भिटामिन ए र जुकाको औषधी हरेक ६ महिनामा खुवाउनु पर्ने चिकित्सकको भनाई छ ।

सरकारले राष्ट्रिय भिटामिन–ए कार्यक्रम तथा जुकाको औषधी निशुल्क वितरण गर्दै आएको छ । तर जनचेतनाको कमीका कारण अझै प्रभावकारी बन्न सकेको छैन । आवश्यक प्रचारप्रसार र जनचेतनाको अभावले गर्दा बर्षेनी कार्यक्रममा सहभागी हुने बालबालिकाको संख्या घट्दै गएको छ । भिटामिन तथा जुकाको औैषधी खान आउने बालबालिकाको संख्या भौगोलिक विकटताका आधारमा पनि कम हुने स्वास्थ्यकर्मी बताउँछन ।

उपत्यकाका अस्पतालमा भने पछिल्लो समय बालबालिकामा रतन्धो र जुकाको कारणले रक्तअल्पता भएका विरामीको संख्या घट्दै गएको छ ।

सरकारले भिटामिन ए र जुकाको औषधी वितरण कार्यक्रमका लागि मुलुकभर ७ सय ५३ स्थानिय तहका ५२ हजार स्थानमा स्वास्थ्य स्वंयसेवकहरु परिचालन गरेकोे छ, भने ३ करोड ५० लाख बजेट खर्च छुट्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);