भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाउने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाउने क्रम जारी

vitamin a

काठमाडौं, १५ कात्तिक । आज पनि देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाइदै छ ।

सरकारले भिटामिन ए कार्यक्रम अन्तरगत हिजो र आज ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने बताउदै आएको हो । हिजो छुटेका बालबालिकाहरुलाई आज भिटामीन ए र जुकाको औषधी खुवाइने छ । भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको छ । अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयमसेविकासहितको जनशक्ति परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);