पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

vitamin a

काठमाडौं, ६ बैशाख । पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाईंदै छ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखाले जनाएको छ । आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

आफूलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);