६ महिनादेखि पाँच बर्ष सम्मका बालवालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

६ महिनादेखि पाँच बर्ष सम्मका बालवालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइदै

vitamin a

काठमाडौं, १४ कात्तिक । आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाईदैछ ।
सरकारले भिटामिन ए कार्यक्रम अन्तरगत आज र भोली दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको हो । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भईरहेको छ ।

भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए तथा जुकाको औंषधि खुवाउँदैछन । अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयमसेविकासहितको जनशक्ति परिचालन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);