ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथिभराको दर्शन र दृश्यावलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथिभराको दर्शन र दृश्यावलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि

pathivara darshan

खगेन्द्र घिमिरे,
ताप्लेजुङ, १४ कात्तिक । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा दर्शनका लागि भक्तजन र मनोरम दृष्य अवलोकन गर्न जाने आन्तरीक तथा बाह्रय पर्यटकहरुको सख्यामा वृद्धि हुन थालेको छ ।

प्राय जसो मन्दिरमा दर्शन र पूजा पाठका लागि मात्र तिर्थयात्री आउने गरेकोमा अहिले भने कञ्चनजंघा हिमश्रृखलाको दृष्यावलोकनका लागि पनि पर्यटकहरु आउने गरेकोले चाप बढ्न थालेको हो । असोज र चैत्र महिना मात्र मन्दिर दर्शनका लागि उपयुक्त महिना भएकाले उक्त समयमा पाथीभरामा पुजा पाठका लागि तिर्थयात्रि आउने र बाँकि समयमा दृश्यावलोकनका लागि आन्तरीक तथा बाह्य पर्यटकको चाप बढ्ने गरेको पाइन्छ ।

पाथीभरा दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण पनि सबैखाले कष्ट भुलेर भए पनि पाथीभरा दर्शनका लागि आउने गरेको भक्तजनहरुको भनाई छ । चुलीसम्म भरिएको पाथी जस्तै डाँडा भएकाले यसलाई पाथीभरा भनिएको हो भन्ने किवंदन्ती यस मन्दिर संग जोडिएको छ ।

समुन्द्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको यो मन्दिर परिसरबाट विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न सकिन्छ । त्यस्तै ८ हजार मिटरभन्दा अग्लो कुम्भकर्ण हिमाल र मकाल हिमालु पनि देख्न सकिन्छ । ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न तथा खान–बस्नको व्यवस्थापन पनि तल्लो तथा माथिल्लो फेदिमा गरिएको छ । त्यहाँ रहेका दजनौ होटलहरुमा सर्यौ दर्शनार्थी बस्ने गरेका छन् ।

tourist pathivara

सदरमुकाम–सुकेटार हुँदै पाथीभरा क्षेत्रमा खोलिएका चिया पसलदेखि किराना पसल दर्शनार्थीमै निर्भर छ । मार्षिक ५ सय भन्दा बढी दर्शनार्थीहरु होटलमा बस्ने र सिजन अनुसार ४/५ लाख आम्दानी गर्ने गरेको होटल व्यबसायीहरुको भनाई छ । पाथीभारा क्षेत्र सेताम्मे हिमालदेखि राताम्मे लालीगुराँस सम्मको अवलोकन अध्ययन गर्नका लागि पनि उपर्युक्त मानिन्छ ।

पाथीभरा मन्दिर विकट स्थानमा भएकै कारण महत्व बढेको हो भन्ने भनाइ पनि छ तर पाथीभरा पुग्न मनमा इच्छा भयो भने विना झण्झट सजिलै पुग्न सकिन्छ । आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई पाथीभारा सम्म पुर्याउनका लागि यस क्षेत्रको प्रचार प्रसार भने गर्नु आबस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);