ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथिभरामा भक्तजनको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथिभरामा भक्तजनको भिड

पुजन घिमिरे
ताप्लेजुङ, ९ मंसिर । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा देवीको दर्शन गर्न आउने भक्तजनको संख्या गएको बर्षको तुलनामा उल्लेख्य बृद्धि भएको छ । मन्दिरको तिब्र प्रचारप्रसार, धार्मिक आस्था र पछिल्लो समय बिस्तार भएको सडक संञ्जालका कारण दिन प्रतिदिन आगन्तुकको भिड बढेको हो ।

असोजबाटै मौसम सफा भएसँगै पाथिभरा दर्शन गर्न आउनेहरुको भिड बढेको छ । बिगतका बर्षहरुमा दर्शन गर्ने सिजनमा साप्ताहिक दुइ हजारसम्म भक्तजनहरु आउने गरेको भएपनि अहिले हप्तामा दोब्बर भन्दा बढी भक्तजन पाथिभरा दर्शनका लागि आउने गरेका छन् ।

बिगतमा खासगरी शनिबार र मंगलबार मात्रै देवीको दर्शन गर्ने चलन रहेपनि हाल हप्तै भरी दर्शनार्थीहरु आउन थालेका छन् । देशका बिभिन्न जिल्ला, काठमाडाैं तथा पूर्वोत्तर भारतका अधिकांश स्थानबाट समेत पाथिभरा दर्शनका लागि भक्तजनहरु आउने गरेका छन्।

समुद्र सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथिभरा मन्दिरको दर्शन र विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघाको साथै कुम्भकर्ण लगायतका हिमश्रृखलाको नजिकैबाट दृश्यावलोकन गर्नका लागि भक्तजन र पर्यटकको आगमन हुँदै आएको छ ।

मेची राजमार्ग अन्र्तगत झापाको चारआली, इलाम, पाँचथर र ताप्लेजुङको सुकेटार बिमानस्थलसम्म कालोपत्रे सडकको २ सय ३७ कि.मि. र सुकेटारबाट तल्लो फेदी सम्मको १४ किलोमिटर कच्चि सडक हुँदै पाथिभरा पुग्न सकिन्छ ।

तर, तल्लो फेदीबाट मन्दिर सम्मको करिब ५ किलोमिटर उकालो बाटो भने पैदलै पार गर्नुपर्ने हुन्छ । यहाँको अनुपम प्राकृतिक सौन्दर्यता र पाथिभरा देविप्रतिको अगाध आस्थाको कारण पैदल हिड्न कठिन नभएको आगन्तुकहरु बताउँछन्।

देवीको दर्शनका लागि आउने भक्तजनका लागि मन्दिरमा चढाइएको भेटी र दाताको सहयोगमा पैदल मार्गमा बिश्रामस्थल, पिउनेपानी लगायतका सुबिधाको व्यवस्था गरिएको छ भने मन्दिर परिसरमै रात बिताउन चाहनेहरुका लागि धर्मशालाको समेत निर्माण गरिएको छ ।

त्यस्तै दर्शन तथा अवलोकनका लागि आउने पर्यटकको स्वास्थ्यमा कुनै समस्या आए अक्सिजन लगायतका प्राथमिक स्वास्थ्यसेवाको समेत व्यवस्था मिलाइएको छ ।

केहि समय अघिसम्म पाथिभरा दर्शन र पुजापाठका लागि मात्र तिर्थयात्रि आउने गरेको भएपनि अहिले उच्च पहाडी र हिमाली क्षेत्रको अवलोकनका लागि दैनिक आन्तरीक तथा बाह्य पर्यटक भित्रन थालेका छन् ।

पाथिभरा मन्दिर रहेको क्षेत्रबाट कञ्चनजंघा हिमश्रृंखला अन्तर्गतका कुम्भकर्ण, पेण्डपिक लगायत एक दर्जन बढि हिमाल साथै मकालु क्षेत्रका हिमाल र भारतको दार्जेलिङसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);