उद्योगीहरुले देशको हित भन्दा पनि ब्यापारिक मानसिकता मात्रै बोकेर हिडेका मन्त्री यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उद्योगीहरुले देशको हित भन्दा पनि ब्यापारिक मानसिकता मात्रै बोकेर हिडेका मन्त्री यादवको आरोप

matrika yadav

काठमाडौं, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाए । उद्योग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योगीहरुले व्यापारीक मानसिकतामात्रै बोकेर हिड्न खोजेको दाबी गरे । उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ ।

उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्नु पर्ने माग गर्नुरीन् । उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप लगाए ।

bhawani rana

महासंघले चुलिँदो व्यापार घाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष राणाले उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापार घाटा न्यूनिकरणमा जोड दिन ढिलाई गर्न नहुने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);