सचिवको भरपर्दा आफू डुबेको मन्त्री यादवको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सचिवको भरपर्दा आफू डुबेको मन्त्री यादवको भनाई

काठमाडौं, २३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषाधि परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताउनु भयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पार्नु भयो । उहाँले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराउनु भयो ।

मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताउनु भयो । आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्विकारोक्ति थियो । उहाँले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहो¥याउनु भयो । उहाँले आफूले हरेक निर्णय राष्ट्रको हितमा गरिरहेको दावी पनि गर्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टिकरण दिनु भएको थियो ।

सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषाधि परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);