धनगढीको जाखोर तालमा रहेको जलकुम्भी सरसफाई अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनगढीको जाखोर तालमा रहेको जलकुम्भी सरसफाई अभियान सुरु

धनगढी, ९ मंसिर । धनगढी उपमहानगरपालिका–७, देवरियामा रहेको पर्यटकीय क्षेत्र जाखोर तालमा रहेको जलकुम्भी सरसफाई अभियान सुरु भएको छ ।

तालमा जलकुम्भी फैलिएर कुरूप बन्दै गएपछि स्थानीय प्रशासनले चिन्ता व्यक्त गर्दै तालको जलकुम्भी सरसफाई अभियान सुरु गरेको हो । अब देखि धनगढी उपमहानगरपालिकाको नेतृत्वमा हरेक शनिवार तालकोे जलकुम्भी सरसफाई अभियानले निरन्तरता पाउने धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।

धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिका साथै कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहभागितामा ताल सफाई थालिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, उपमेयर सुशीला मिश्र भट्ट, कैलालीका डिएसपी हरि वली पनि सरसफाईका लागि शनिवार जोखोर ताल पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);