पाथीभरा दर्शन गर्न भक्तजनको घुइँचो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाथीभरा दर्शन गर्न भक्तजनको घुइँचो बढ्यो

ताप्लेजुङ, २२ पुष । चीन र भारत दुवै देशसँग जोडिएको पूर्वीजिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शन गर्न भक्तजनको घुइँचो बढेको छ ।

झापाको विर्तामोडबाट चारआली हुँदै २३७ किलोमिटरको लामो यात्रापछि ताप्लेजुङ सदरमुकाम पुग्न सकिन्छ। पाथीभरा देवीको मन्दिर सदरमुकाम फुङलिङबाट १९ दशमलब ४ किलोमिटर पूर्व उत्तरी कोणमा रहेको सो मन्दिरकोमा हाल दैनिक १ सय भन्दा बढि भक्तजनहरु जाने गरेका छन् । ३ हजार ७ सय ९४ मिटर १२ हजार ६ सय ४६ फिट उचाइमा रहेको मन्दिरको दर्शन गरेपछि आफुले चिताएका कुरा पुरा हुने बिश्वास रहदै आएको स्थानिय एक पुजारीको भनाई छ ।

पाथीभरादेवीको श्रद्धा र भक्ति ताप्लेजुङवासीको मात्र नभएर नेपाल, भारत तथा अन्य विभिन्न मुलुकका भक्तजनको समेत मनकामना पूरा गर्ने अदृश्य अलौकिक शक्तिकी देवीका रुपमा हुदै गएको छ । नेपालको सुदूरपूर्वी दूर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न आवागमनका लागि ताप्लेजुङ जिल्ला सदरमुकाम तथा सुकेटारसम्म विभिन्न तवरले जान सकिने भए तापनि सुकेटारदेखि भने देउरालीसम्म ट्याक्सी मार्फत यात्रा गर्ने गरिन्छ । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यसरी यस मन्दिरको दर्शन गरेपछि आफुले चिताएको कुराहरु पाउने र केहि भाकल समेत राखेर आफुहरु आउने गरेको भक्तजनहरुको बताउछन् ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र फेदी हुँदै पैदल ८–९ घण्टामा देवीको मन्दिरस्थलमा पुग्न सकिन्छ । सुकेटारसम्म पुग्नका लागि भने विराटनगर र काठमाडौंबाट हवाईसेवा तथा झापाको चारआलीदेखि सडक यातायातको सुविधा पनि छ । मन्दिर दर्शन साथै जाडोको समय हिउमा रमाउन आउने पर्यटकहरु समेत त्यतिकै मात्र भेटिने गरेका छन् । मन्दिरबाट सोधै कंचनजंघा हिमालको दृश्य अवलोकन समेत गर्न सकिन्छ् । मन्दिर ब्यवस्थापन समितिले पछिल्लो समय मन्दिर जाने बाटाहरु पुनर्निर्माण गरेपछि केहि सहज हुदै आएको हो । भक्तजनहरुलाई सहज होस भन्ने उदेश्यले तल्लो तथा माथिल्लो फेदिमा करिव ४० वटा होटलहरु संचालन हुदै आएका छन् , जहाँ हरेक दिन भक्तजनहरुको रात बस्नेको भिड लाग्ने गरेको छ ।

मन्दिरको दर्शन गर्न आउने कति पय बिरामीहरु निको भएर जाने गरेका छन् । अशक्त ,बोली बन्द भएका समेत आस्था राखि आएपछि निको पारेर लाने गरेको स्थानिय को भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);