नवलपरासीका कृषक मल अभावको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नवलपरासीका कृषक मल अभावको चपेटामा

नवलपरासी, २१ पुष । नवलपरासीका कृषक हरेक वर्षझैं यो वर्ष पनि मल अभावको चपेटामा परेका छन् । गहुँबालीमा बल्लतल्ल सिँचाइ गरेका कृषक रासायनिक मल नपाएपछि अफ्ठ्यारोमा परेका छन् ।

स्थानीय बजारमा युरिया नपाएपछि भारतबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गर्न बाध्य हुनुपरेको कृषकको गुनासो छ । सीमावर्ती क्षेत्रका कृषकले भारतमा आठ सय रुपैयाँ पर्ने गुणस्तरहीन युरिया मल भारतीय भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवालाई अवैध असुली तिर्दै एक हजारदेखि १२ सयसम्म खर्च गरेर ल्याउनुपरेको बताएका छन् ।

नवलपरासीमा कृषि सामग्री कम्पनीले हिँउदमा दुई हजार ६८ सय टन युरिया, डिएपी २ हजार टन, पोटास ६५ टन र कृषि चुन १५ टन वितरण गर्ने गरेको तर, त्यो मलले जिल्लाका ५० प्रतिशत कृषकको माग पनि धान्दैन ।

कृषि सामग्री कम्पनीले पनि विभागबाट आउने मल समयमै वितरण गर्ने गरेको जनाएको छ । तर, मल नै समयमा नआउने भएकाले वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);