पहाडमा पहिलो पटक बोरीङ प्रणालीमार्फत पानी निकालीयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

पहाडमा पहिलो पटक बोरीङ प्रणालीमार्फत पानी निकालीयो

इलाम, २१ पुष । इलामको सूर्योदय नगरपालिकामा बोरीङ प्रणलीबाट पानी निकालिएको छ । १६ सय मिटर उचाईमा रहेको पहाडमा पहिलोपटक बोरीङ प्रणाली मार्फत पानी निकालिएको हो ।

अलैँची विकास केन्द्रले अलैँची नर्सरीमा सिंचाईको लागि बोरीङ प्रविधिबाट पानी निकालेको अलैँची विकास अधिकृत पदम प्रसाद अधिकारीले जानकारी दिए । नेपाल तराई निर्माण तथा डिप ट्वेल प्रा.ली. दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको हो ।

अलैँची विकास अधिकृत अधिकारीले पहाडमा बोरीङ प्रविधिबाट पानी निकालिएको यो नै पहिलो भएको जानकारी दिए । यहाँ पानी निकालिए पछि अग्लो स्थानमा पनि डिप बोरीङ गरेर पानी निकाल्न सकिने ज्ञान र जानकारी बाहिर आएको उनँको भनाई छ । पानी अभावका कारण अलैँची नर्शरीमा आएको समस्या अव भने सहज हुने अधिकृत अधिकारीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);