युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी सम्मानित

काठमाडौं, २१ पुष । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई ल्याबोरेटोरी स्कुलले सम्मान गरेको छ ।ल्याबोरेटोरी स्कुलले आफ्ना शैक्षिक गुठीका गुठियार मन्त्री केसीलाई विद्यालयको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याएको भन्दै शुक्रबार सम्मान गरेको हो ।

त्यस्तै, विद्यालयले अर्का गुठियार एवं पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ र गुठियार कृष्णगोपाल श्रेष्ठलाई पनि सम्मान गरेको छ । उनीहरूलाई ल्याबोरेटोरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डाक्टर बालगोपाल बैद्यले सम्मानपत्र प्रदान गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);